back
CTIZAN AD

कोरोना कहरकाबीच अमेरिकामा हालोविन पर्व, हेर्नुहोस् यसरी मनाए नेपालीले

वि.सं.२०७७ कात्तिक १७ सोमवार

606 

shares

कोरोना महामारीको कारण अमेरिकामा बर्ष २०२० को हालोविन पर्व सबैको लागि निराशजनक भयो । नेपाली अमेरिकन समुदायहरु पनि आफ्ना बालबालिकाको लागि हालोविन मनाउने इच्छा पुर्याउन सकेनन् र मन खल्लो भयो ।

बालबालिकाहरुले मनोरन्जन गर्न पाएनन । अमेरिकामा कोरोना संक्रमितको वृद्धि संगै सतर्क, सावधान भै खेल्नु भन्ने आदेशको साथै घरमै खेल्न प्रोत्साहन गरिएकोले सबैले घरभित्र नै खेलेका छन् ।

तथापी बिदेशीसंगै नेपाली समुदायले हल्का रुपमा मनाएका छन् । हरेक बर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व (२०२० लाई हर्षाल्लास साथ बिदा गर्न पाएनन । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुमा समय फरक हुनाको कही छिटो र कही ढिलो मनाए र आफ्ना तस्बिरहरु सामाजिक संजालमा राखेका छन् ।

२०२० मा नेपालीहरुको दशैँ र तिहार समाप्त भै सकेपछि हालोविन पर्व आएको छ । बिशेष गरि नेपाली समुदायले अमेरिकामा जन्मेका दोश्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाउने भएता पनि यसपटक कोभिड–१९ को कारणले अधिकांशघरमा लगभग खेलेनन ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुको जन घनत्व वृद्धिसंगै अमेरिकामा मनाइने ईसाई पर्व ( क्रिसमस ) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस ) सहित हलोविन पर्वलाई नेपाली समुदायले बिदेशीहरुसंगै मनाउन प्रारम्भ गरेका छन् ।

तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हलोविन पर्व मनाइन्छ । साथै ह्यापी हालोविन भन्ने पनि चलन छ ।

हलोविन पर्वमा घर छिमेकमा जानेले अधिकांश कालो रंगको पोशाक र विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोशाक लगाउदछ्न । किशोरकिशोरी र बालबालिकाले मिठाई मागी जम्मा गर्नको लागि झोला घरबाटै साथमा ल्याउदछन ।

घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई (चकलेट )मात्र दिनु पर्छ । पैसा दिनु पर्दैन । सुरक्षाको दृष्टिकोणले बालबालिकालाई रातीको समयमा खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि साथमा आउदछन् ।

बालबालिकाले पहेला, निला, काला, सेता बस्त्र, भूतप्रेत झैँ, होलिका ,मुकुण्डो, नकाव, भोजमा लगाईने बिशेष पोशाकमा घर, बजार तथा बिसाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन ।

के हो हालोविन र किन मनाइन्छ ?

हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो । हलोविन इसाईहरूको एक चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यी बाहेक अरु देशमा पनि मनाइन्छ ।
यो चाड मनाउने देशको संख्या बढ्दो छ । आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तरअमेरिका ल्याएका हुन् ।

हालोविन शब्दको प्रयोग पहिलोपटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कटल्याण्डमा ब्िि(ज्बिियधक’(भ्खभल (“भखभलष्लन”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ ।

ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग ) पछिको सबै भन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । तर हालोविन पर्वको लागी यस पटक मिठाईसित विभिन्न समान पसलहरुमा बेच्न राखियता पनि न्युनतम खरिद बिक्रि भएको छ ।

वि.सं.२०७७ कात्तिक १७ सोमवार ०८:३७ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...