back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १६३० सहित देशैभरी २९३३ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १७ सोमवार

798 

shares

१७ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६३० जनासहित देशैभरी २९३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३२९, ललितपुरमा १९३ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, ताप्लेजुङ २, संखुवासभा २, धनकुटामा २, मोरङमा ३९, सुनसरी ८५ र सोलुखुम्बुमा २९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६, रौतहटमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७ र सिराहामा ९ जना गरी प्रदेशमा आज १०४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १३२९, काभ्रेपलान्चोकमा ८५, चितवनमा १६८, दोलखामा ८, धादिङमा १४, नुवाकोटमा १९, भक्तपुरमा १०८, मकवानपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १९३, सिन्धुपाल्चोकमा २७ र सिन्धुलीमा ८ जना गरी प्रदेशमा आज २००३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १२७, गोरखामा ४६, तनहुँमा १३, नवलपरासीपूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बागलुङमा ६ र स्याङजामा ९ जना गरी प्रदेशमा आज २५५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा ६४, नवलपरासीमा २१, पाल्पामा ३, प्युठानमा १, बर्दियामा ८, बाँकेमा २०, रुपन्देहीमा १४६ र रोल्पामा २ जना गरी प्रदेशमा आज जम्मा २७९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको डोल्पामा १, दैलेखमा ७, सल्यानमा १ र सुर्खेतमा ४ जना गरी प्रदेशमा आज १३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १२, कैलालीमा २६, डडेल्धुरामा ७ र बैतडीमा ३ जना गरी प्रदेशमा आज ५० जना थपिएसँगै देशैभरी २९३३ जना संक्रमति थपिएका हुन् । जसमा महिला ११७६ र पुरुष १७५७ जना रहेका छन् ।

आज काठमाडौं उपत्यकाका १६२२ सहित देशैभरी २८२४ जनामा कोरोना संक्रमण

 

वि.सं.२०७७ कात्तिक १७ सोमवार १७:१९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...