मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन् । आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला । मौकामा प्रयत्न गर्दा काम बन्नेछ । सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ । आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ । तर आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ । विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला । विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ । अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ । सरसापटमा रकम बाहिरिन सक्छ । लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी पनि दिलाउनेछ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । दिगो काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ला । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर–व्यवहारमा समस्या निम्त्याउनेछ । तापनि, प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन् । काममा मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार ०७:३८ मा प्रकाशित



























