back
CTIZAN AD

दीपिकाले बयान दिइसकेको अवस्थामा एनसीबीबाट किन भागिरहेकी छन् उनकी मेनेजर ?

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

678 

shares

१८ कात्तिक, काठमाडौं । बलिवुड नायक सुशान्त सिंह राजपुतको आत्महत्यासँगै ड्रग्स केसमा तानिएको वलिवुड क्षेत्र यतिबेला भने केही मत्थर देखिएको छ ।

केही समय अघि चर्चित नायिका दीपिका पादुकोण पनि ड्रग्स केसमा तानिएपछि उनले सिबीआइलाई बयान दिइसकेकी छन् । तर, दिपीकाकी मेनेजर करिश्मा प्रकाश भने यतिबेला नारोकोटिक्स कन्ट्रोल व्युरो ( एनसीबीबाट भागिरहेकी छन् ।

करिश्माको घरमा ड्रग्स भेटिएपछि एनसीबीले सोधपुछका लागि बोलाएको थियो । तर, दुईपटकसम्म बोलाउँदा पनि उनी बयानका लागि गएकी छैनन् ।

एजेन्सीका अनुसार एनसीवीले दुईपटकसम्म बोलाउँदा पनि उनी नगएपछि गत विहिबार व्युरोले उनीविरुद्ध मुद्दा दर्ता गरेको बताइएको छ ।

गत मंगलबार करिश्माको घरबाट एनसीबीको टिमले १.८ ग्राम (तीन सिसि आइल) ड्रग्स बरामद गरेको थियो । उक्त समय करिश्मा आफ्नो घरमा थिइनन् । उनको घरबाट थोरै मात्रामा ड्रग्स भेटिएको भएपनि ड्रग्स उनले नै राखेको भन्ने प्रमाणित भएमा उनलाई एकवर्ष जेल र १० हजारसम्म जरिवाना हुन सक्ने बताइएको छ ।

दीपिकाले आफ्नी मेनेजर करिश्मासँग ड्रग्सका बारेमा गरेको म्यासेज भेटाएपछि उनलाई एनसीबीले दुईपटक सोधपुछका लागि बोलाएको थियो । सोहि समय करिश्मालाई पनि सोधपुछ गरेको थियो । एकपटक दीपिका सँगै र अर्कोपटक एक्लै राखेर ।

सुशान्तको आत्महत्यासँगै खुलेको वलिउड ड्रग्स काण्डः एनसीबीको सोधपुछमा तीनपटक रोइन् दीपिका

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १४:३१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...