वलिउड नायक शुसान्त सिंह राजपुतको आत्महत्या प्रकरणको अनुसन्धानसँगै यतिबेला वलिउडु ड्रग्स केसमा जर्वजस्त तानिएको छ ।
यसमा वलिउडका चर्चित नायिकाहरु समेत तानिएका छन् । यसैकी एक पात्र हुन् दीपिका पादुकोण । उनीपनि ड्रग्स काण्डमा तानिएपछि भारतीय नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबीले शनिबारदेखि दीपिकाको ड्रग्ससँगको सम्बन्धका बारेमा खोतल्न सुरु गरेको छ ।
गोवामा एक फिल्मको सुटिङमा व्यस्त रहेकी नायिका पादुकोण चार्टर प्लेनमा मुम्बई आएकी थिइन् । शुक्रबार एनसीबीले उनीसँग बयान लिने भनिएपनि उनमा पहिले कोरोना टेष्ट गरिने भएकाले शनिबारलाई सारिएको थियो ।
रिर्पोटका अनुसार शनिबार एनसीबीका अधिकारीहरुले उनीसँग सोधपुछ गर्ने क्रममा दीपीका तीनपटक रोएकी थिएन् । अधिकारीहरुले रोएर इमोसनल कार्ड नफ्याक्न भन्दै बरु सहयोग गर्न आग्रह गरेका थिए । सोहि क्रममा दीपीकाले आफूले ड्रग्सका बारेमा च्याटमा कुराकानी गरेको स्वीकारेकी छन् तर ड्रग्स नलिएको बताएकी छन् ।

एनसीबीले उनलाई ६ घण्टासम्म सोधपुछ गरेको थियो । भारतीय संचारमाध्यमका अनुसार दीपिकाको आँखामा आँसु देखेर एनसीबीका अधिकारीहरुले हात जोडेर रुनेधुने गर्नुभन्दा सबै कुरा बताएमा उनका लागि राम्रो हुने भनेका थिए ।
रिर्पोटका अनुसार एनसीवीको सोधपुछका क्रममा दीपिकाले च्याटमा गरिएको कुराकानी अनुसार (हशीश) शब्दको बारेमा सोध्दा उनले स्पष्ट जवाफ नदिएको बताइएको छ ।
दीपिकाको फोनबाट गरिएको गतिबिधि डाटा व्याकअपका लागि उनका दुवै फोन एनसीबीका अधिकारीले जफत गरिएको पनि बताइएको छ । अधिकारीहरुले उनीसँग यस विषयमा संदिग्ध आरोपिसँग कुरा नगर्न समेत आग्रह गरेका थिए । एनसीबीले उनीसँग ३–४ चारपटक सम्म सोधपुछका लागि बोलाइने समेत बताएका थिए ।
सुशान्त सिंह राजपुतको मृत्यु पश्चात उनकी प्रेमिका रिया चक्रवर्तिले शुसान्तका लागि ड्रग्स खरिद गर्ने गरेको स्वीकार गरेपछि उनले वलिउडका केही अन्यको नाम समेत लिएपछि एनसीबी ड्रग्स केसका बारेमा सक्रिय भएर जाँच गरिरहेको छ । जसमा २०१७ को अक्टोबरतिर दिपीकाले आफ्ना म्यानेजर करिश्मा प्रकाश र सुशान्तका म्यानेजर जया साहबीच गरेको च्याटमा उनले ‘हशीश’ नामक लागू पर्दाथका बारेमा सोधेकी थिइन् ।
ड्रग्सको जालोमा रुमलियो वलिउड, एनसीबीले दीपिकासँग भोली सोधपुछ गर्ने
वि.सं.२०७७ असोज १२ सोमवार ०९:०७ मा प्रकाशित






























