back
CTIZAN AD

सेयर कारोवार नेप्सेमा सामान्य सुधार, निर्जीवन बीमा कम्पनीको सूचकमा उच्च अंकको बृद्धि

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

819 

shares

काठमाडौं । सेयर कारोवार सूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो दिन मंगलवार नेप्से अगिल्लो दिनको तुलनामा ५.४ अंकले सुधार हुदै १६४३.०३ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ ।

आज सूचिकृत मध्ये १९८ कम्पनीको २ अर्व २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँ वरावरको ७७ लाख ५७ हजार ३५७ कित्ता सेयर किनबेच भयो । तिनको कारोवारमा २९ हजार ६०६ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

आजको कारोवारमा बैंकिङ, विकास बैंक बाहेक सबै दश कम्पनी उपसूचक समुहको परिसूचक उकोलो लागेको छ । आजको कारोवारमा निर्जीवन बीमा कम्पनीको सूचकमा उच्च अंकको बृद्धि देखिएको छ । उसको मात्र सूचकमा १७६.८६ अंकले बृद्धि भएको छ ।

आज विशाल बजार कम्पनी(२१२), राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमोटर सेयर(१०४५), राष्ट्रिय बीमा कम्पनी(१००२), लगायतका लगानीकर्ताहरुले कमाएका छन भने सामुदायीक लघुवित्त(१९), नेपाल सेवा लघुवित्त(१७), गुराँस लाईफ(११) लगायतका लगानिकर्ताहरुले गुमाएका छन् । कारोवार भएका मध्य ८३ कम्पनीको सूचक उकालो लाग्दा ७० कम्पनीको सूचक घटेको छ । त्यस्तै १९ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन भएको छैन ।

कारोवार रकमकोे आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा रह्यो । उसको मात्र आज १० करोड ३ लाख २१ हजार ५३२ रुपैयाँ वरावरको १ लाख ३४ हजार ८४४ कित्ता सेयर किनबेच भयो । कारोवार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मुल्य ७५१ रहेको थियो । त्यस्तै एनआईसि एसिया बैंक, प्राईम बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

कोरोवार संख्याको आधारमा शिवश्री हाईड्रो शिर्षस्थानमा सह्यो । उसको मात्र ३ लाख ४६ हजार ६०८ कित्ता सेयर किनवेच भयो । एचआईडिसिएल, ग्लोवल आईएमईको प्रमोटर सेयर क्रमश दोस्रो र तेस्रो स्थानमा रहेको नेप्सेले जनाएको छ ।

Market Summary
Total Turnover Rs: 2,237,964,572
Total Traded Shares 7,757,353
Total Transactions 29,606
Total Scrips Traded 198
Total Market Capitalization Rs. 2,198,221.31 Millions
Floated Market Capitalization Rs. 777,080.10 Millions

Market Information
Index Current Points Change %Change
NEPSE 1,643.03 5.4 0.33  
Sensitive 326.60 1.14 0.35  
Float 114.57 0.09 0.08  
Sen. Float 107.53 0.03 0.03  
Sub-Indices Current Points Change %Change
Banking 1,312.58 2.17 0.17  
Trading 1,220.15 55.92 4.8  
Hotels 1,747.82 1.96 0.11  
Development Bank 2,112.40 16.21 0.76  
HydroPower 1,416.92 7.14 0.51  
Finance 867.60 5.4 0.63  
Non Life Insurance 8,295.36 176.86 2.18  
Manu.& Pro. 3,038.40 5.95 0.2  
Others 1,076.30 14.8 1.39  
Microfinance 2,672.42 6.83 0.26  
Life Insurance 9,716.45 14 0.14  
Mutual Fund 10.91 0.27 2.49  

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:०६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...