१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सुर्य बहादुर केसीको निधनको शोकमा बुधबार देशैभरीका कार्यालयहरु बन्द गर्ने भएको छ ।
सभापति शेर बहादुर देउवाको अध्यक्षताममा आकस्मिक रुपमा केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले उद्योगी तथा सांसद केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
पार्टीका मुख्य सचिव कृष्ण पौडेलका अनुसार कात्तिक १८, १९ र २० गते देशैभरीका कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक १९ गते देशैभरीका कार्यालय बन्द गरिने तथा १३ औ दिनसम्म केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने भएको छ ।
उद्योगी तथा सांसद केसीको सोमबार राति पोखरास्थित आफ्नै घरमा निधन भएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १६:३५ मा प्रकाशित






























