१८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३१४२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३१४२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ३१४२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७८.६ प्रतिशत हो ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:३३ मा प्रकाशित






























