काडमाडौँ । बलिउड अभिनेत्री श्रद्धा कपुर अब इच्छाधारी नागिन बन्ने भएकी छन् । कपुरले आफु नागिन बन्ने जानकारी सामाजिक संजाल मार्फत दिएकी हुन् ।
विशाल फुरियाको निर्देशन र निखिल द्विवेदीको निर्माणमा बन्न लागेको चलचित्र ‘नागिन’ मा कपुरले ईच्छाधारी नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् । उनले, आफु पहिलो पटक नागिनको भूमिका निर्वाह गर्न लागेकोमा निकै उत्साहित रहेको बताएकी छन् ।
उक्त चलचित्र ‘नागिन’ को कथा प्र्रेममा आधारित हुने भएको छ । कपुर भन्दा पहिला बलिउडमा नागिनको भूमिका श्रीदेवी, रीना रोय, रेखा लगायतका कलाकारले निर्वाहा गरिसकेका छन् ।
वि.सं.२०७७ कात्तिक १९ बुधवार ०९:३७ मा प्रकाशित

























