back
CTIZAN AD

अन्तिम एकदिवसीयमा पाकिस्तान विरुद्ध जिम्बावेले सुपर ओभरमा निकाल्यो रोमाञ्चक जित

वि.सं.२०७७ कात्तिक १९ बुधवार

732 

shares

१९ कार्तिक, काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीयमा पाकिस्तान जिम्बावेसँग सुपर ओभरमा पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर २७८ रन बनाएको थियो । जिम्बावेका लागि शन विलियम्सले सर्वाधिक ११८ रन बनाएका थिए भने ब्रान्डन टेलर ५६ रनको पारी खेलेका थिए । पाकिस्तानका लागि बलिङ्गमा मोहम्मद हसनैनले सर्वाधिक ५ विकेट लिएका थिए ।

२७९ रनको लक्ष्य पछाएको पाकिस्तानले पनि ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले आफ्नो एकदिवसीय क्रिकेट करियरको बाह्रौँ सतक बनाएका थिए । उनी १२५ रन बनाएर आउट भएका थिए । जिम्बावेका लागि उत्कृष्ट बलिङ्ग गदैँ मुजाराबानीले सर्वाधिक ५ विकेट लिउका थिए ।

५० ओभरसम्म खेल बराबरीमा रोकिए पछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ४ बल खेल्दैँ मात्र २ रन बनाएर आफ्नो २ विकेट गुमाएको थियो । पाकिस्तानले सुपर ओभरमा दिएको ३ रनको लक्ष्य जिम्बावेले ३ बलमैँ पुरा गरेको थियो ।

अन्तिम एकदिवसीयमा जिम्बावेले सुपर ओभरमा जित निकालेता पनि ३ खेलको एकदिवसीय श्रृखला भने पाकिस्तान २-१ ले अफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १०:२५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...