आधुनिक जमानाले ल्याएको विकास र प्रविधिको कारणले धेरै फरवार्ड भएका आजका बालबालिका र यो सँगै यहि विकासको गतिले ल्याएको विनाश भनौं वा के… ? उनिहरुको व्यबहार, आचरण र चरित्रको हिसाब राखिएन भने भोलीका दिनमा हरेक आमाबाबुलाई सन्तानले रुवाउने छ्न। समय परिवर्तनशिल र प्रगतिशील हुन्छ र हुनुपर्छ जसरी मानवको चक्र परिवर्तनशिल हुन्छ। बच्चा, जवान र त्यसपछि वृद्ध, जुन परिवर्तन पछाडी फर्किदैन त्यस्तै गरि समय पनि हिजोभन्दा भोलि फरक नै हुनुपर्छ समयले ल्याउने यो परिवर्तन सहि हो तर विकास सँगसँगै हुने विनाशलाई कसरी आत्मसात गर्ने ? अन्यौलताभित्रको प्रश्न …!
समयले ल्याएका विकासहरु मोबाइल तथा ईन्टरनेट फेसबुक youtube channel आजको एक्काइसौं शताब्दिमा मोबाइल तथा ईन्टरनेटको सुबिधा आवस्यक हो। भनिन्छ यसबाट वन्चित हुनु भनेको धेरै पछौटेपन हो. प्रयोग गर्नुपर्छ, तर यस्ता चिजको सहि सदुपयोग गर्नुपर्छ भन्ने कुरा आउँछ यो भनाइमा मात्र सिमित हो बच्चाहरुको केशमा, नजिकै स्विमिङग पुल छ बच्चालाई नजा गएपनी मुख मात्र धोएर आइज भनेर पौडी नखेली आउछ र ? त्यस्तै झैं यो ईन्टरनेट र मोबाइलले दिएको सकारात्मक पक्ष प्रशंसनीय छ तर नकारात्मक पक्ष धेरै छ्न ठूलो मान्छेले त सहि सदुपयोग गर्लान धेरैले तर बच्चाहरु जो पढाइको अलवा खेल रचना अन्य गतिविधिहरु गर्नुपर्नेमा चौबिसै घण्टा ईन्टरनेटमा झुन्डिएको देखिन्छ। यो हरेक घरको टाउको दुखाइको विषय हो । नेट भित्रको दुनियाँमा बच्चा हराउन थालेपछी उसको खेल, आफन्त, साथी, मनोरञ्जन समेत त्यहि भेटाउछ उसले। यस्तै तरिकाले गए चरित्र व्यबहार बिचार बिग्रेर भोलि बाउआमा पनि बिर्सने होकि डर, फेरि limitation गर्दा साँघुरिने डर, स्वतन्त्रतामा बिग्रने डर, अन्यौलताभित्रको प्रश्न ? वास्तवमा आजका बच्चा हिजोका बच्चा भन्दा धेरै फरक छ्न । एकातर्फ बाउआमाको सन्तानप्रतिको त्याग समर्पण, मरिमेटी गरेर बच्चाहरूको भविस्यको चिन्तामा जुट्छ्न र धेरै सुबिधा दिइरहेका हुन्छ्न । अर्कोतर्फ सानो उमेरदेखी उमेरभन्दा ठूलो पढाइको बोझ बचेको extra समय ईन्टरनेटको अर्को दुनियाँ छिर्न पाएका छ्न । त्यसले दिएको उपलब्धी भनेको ब्यबहारिकता छैन । लेखाइमा मौलिकता छैन । घरभित्रको परिवार बाहेक दोस्रो ब्यक्ती चिन्दैनन । आफन्त के हो नाता के हो ? संस्कार के हो ? संस्कृती के हो ? शुन्यता नै छ । अब सोच्नुस यो तरिकाले भोलि कुन कुरालाई निम्तो दिदैछ ? सन्तानको भविस्यको लागि खटिइरहने तपाईलाई आधुनिक जमानाले ल्याएको परिवर्तन र विकाससँग आफ्ना बच्चालाई घुलाउन खोज्ने तपाईलाई भोलि तपाईको माया ममता त्याग र समर्पणको मूल्य नबुझेर नया जमानाको हुरीले उडाइ बाउआमाको माया पनि त्यहि ईन्टरनेट भित्र पाइन्छ कसो नभन्लान … ?
त्यसैले बालबच्चालाई जमानाअनुसार र समय अनुसारको परिवर्तनको सुबिधा सँगसँगै प्राकृतिक चिजहरु माया ममता आफन्त मौलिकता र ब्यबहारिकताको बोध गराउनको लागि एउटा संस्कारको जरुरी छ । तर त्यो संस्कार कसरी दिनुहुन्छ तपाईले दिने त्यो संस्कार बच्चाको दिमागमा घुल्न नपाउदै मोबाइल ईन्टरनेट नामका सुबिधाले पर्दा लगाइदिन्छ्न । अब सोच्नुहोस तपाईको बच्चाको भोलिको दिन अन्यौलता भित्रको प्रश्न ? … त्यस्तै अर्को सुबिधा फेसबुक र you tube channel यसमा सकारात्मक कुराहरु पनि छ्न नभएका होइनन तर धेरै नकारात्मक चिजले बिकृती ल्यायो अनावश्यक देखासिकी,अन्जान ब्यक्तीसँगको अन्धो सम्बन्धले पारेको असर, हिसाब नै नराखिएको कृयाकलाप (चरित्र) यथार्थ र प्रकृति लुकेको नक्कली लुक्समा गरिएका झुठा प्रशंसा अन्धोपनमा अन्धो नै बनेर अल्झिएका सज्जनहरुको मति … ! यतिमात्र कहाँ होर एउटै सोफामा बसेका चारजना मित्रहरु जो hi hello गरे तर आ- आफ्नो मोबाइल दुनियाँमा छिरे न त्यहा भावना साटियो न त्यहा दुख सुख बाँडियो न त आपसमा माया ममता दर्साइयो नेट भित्रको गहिराइमा डुबियो कामकाज पनि बिर्सेर‘ नजिकैको मित्र रुदै थियो खोइ कुन्नी किन हो उसको आँसु देखिएन माया नभएर होइन ईन्टरनेट र मोबाइलले त्यहा पर्दा लगाएको थियो । समय बित्दै जाँदा एकले अर्काको दुख सजिलै बुझ्दैन भावनात्मकता घट्दै जानेछ आपसी दुरि बढ्ने छ ।
त्यसोभए के यसलाइ त्याग्न सक्नुहुन्छ अन्यौलता भित्रको प्रश्न ? youtube धेरै काम लाग्ने चिज पाइन्छ तर नकारात्मक कुराले गरेको असर अप्रत्यक्ष रुपमा बच्चा ठुला सबैको फ्रेस दिमाग hang बनाइदिन्छ कतिपय दर्ता नभएका भिडियोहरुले अनावश्यक कुराहरू दिमागमा भरिदिदा नकारात्मक असर परिरहेको छ । मानिसहरु कतिलाइ मनोरञ्जन टाइमपास र उपलब्धी पनि भएको छ तर कसैको भने समय बर्बाद बालबच्चा बिग्रने डर नकारात्मक प्रभावले झेल्नुपरेको समस्या जस्ता थुप्रै कुराहरु हुन्छ्न यी सब चिजहरु आधुनिक जमानाले ल्याएका सुबिधाहरु हुन। यसले निम्त्याएका नकरात्मक तत्वहरुबाट बच्ने बचाउने उपाय के हो त…..? अन्यौल भित्रको प्रश्न !
वि.सं.२०७७ कात्तिक १९ बुधवार १६:४० मा प्रकाशित






























