back
CTIZAN AD

चरम विवादपछि ओली–प्रचण्ड छलफलमा

वि.सं.२०७७ कात्तिक २० बिहीवार

762 

shares

काठमाडौं । पार्टीभित्रको चरम विवादपश्चात सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन् । नेकपा स्रोतका अनुसार दुई अध्यक्षबीच बिहिबार साढे १२ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला अध्यक्षद्वयबीच केहि दिनदेखि संवादसमेत हुन सकेको थिएन । गत शनिबारको दुई छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सहमतीमा पार्टी फुटाउँ भन्ने प्रस्ताव राखेसँगै पार्टीभित्रको विवाद चरमतामा पुगेको थियो ।

त्यसयता नेताहरुबीच आरोप–प्रत्यारोपका विषय पनि सार्वजनिक भएका थिए । बुधबार एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै हालतमा आफुँले राजीनामा नदिने बरु सामना गर्ने बताएका थिए ।

गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णयविरुद्व प्रधानमन्त्री ओलीले विभिन्न नियुक्ती तथा निर्णय गर्न थालेपछि सत्तारुढ नेकपाभित्र विवाद देखिएको थियो । कर्णाली प्रदेशमा देखिएको विवाद र रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटसँगै पार्टीभित्र पानी बाराबारको स्थिति आएको थियो ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १४:५८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...