back
CTIZAN AD

भर्चुअल तेक्वान्दोको तयारी पूरा; १९ देशका ३ सय ६२ खेलाडीको सहभागिता

वि.सं.२०७७ कात्तिक २० बिहीवार

684 

shares

२० कार्तिक, काठमाडौं । यही कार्तिक २२ र २३ मा हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका ३ सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा नेपालका १ सय ९० र अरु विभिन्न राष्ट्रका १ सय ७१ खेलाडीले सहभागिता जनाएको संयोजक लामाले बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए । ‘अहिलेको विषम् परिस्थितिमा पनि खेलाडीहरुले उत्साहजनक सहभागिता जनाएका छन्’, प्रतियोगिता संयोजक घिसिङले भने, ‘यसले आगामी दिनमा पनि भब्य कार्यक्रम आयोजना गर्न हौसला दिएको छ ।’

च्याम्पियनसिपमा हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका खेलाडीले सहभागिता सुनिश्चित गरेको प्रचारप्रसार संयोजक कविराज नेगी लामाले जानकारी दिए ।

च्याम्पियनसिपमा सहभागिताका लागि रजिस्ट्रेसन गरेका खेलाडीले शुक्रबारसम्म दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोको शनिबार र आइतबार अन्तर्राष्ट्रिय रेफ्रीले मूल्यांकन गर्ने छन् भने सोमबार विजेता खेलाडीको नतिजा सार्वजनिक गरिने भएको छ ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।

प्राप्त भिडियोहरु युट्युवमा अपलोड गरिने र सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता संयोजक घिसिङका अनुसार च्याम्पियनसिपबाट बचेको रकम कोरोना प्रभावितहरुको उपचारका लागि खर्च गरिने भएको छ ।

च्याम्पियनसिपलाई सफल रुपमा सञ्चालन गर्न पूर्व राष्ट्रिय खेलाडीहरुले पनि सहयोग गरेका छन् । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो, प्रदीप व्यञ्जनकारलगायतले सहयोग गरेको र अरु तेक्वान्दोकर्मीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:११ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...