काठमाडौं । साताको अन्तिम दिन बिहिबार पनि सेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको नेप्सेले जनाएको छ ।
बिहिबार समग्र परिसूचक ४.४७ अंकले घटेर १६३६.१७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि २.१४ अंकले ह्रास हुँदै ३२४.३६ अंकमा कायम भएको छ ।
सूचिकृतमध्ये २०० कम्पनीका २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैंयाँ बराबरको ९१ लाख २३ हजार ८९६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३५ हजार ३३५ पटक लेनदेन भएको छ । कम्पनीकाे कूल काराेबारमध्ये ६५ कम्पनीका लगानीकर्ताहरूले कामएका छन् भने ८८ कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन्र । त्यस्तै २१ कम्पनीकाे काराेबारमा कुनै पनि पिरवर्तन देिखएकाे छैन ।
आज सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुलेमात्र ३४ अंकले कमाएका छन् ।
आज होटल्स, विकास बैंक, जल बिद्युत र जीबन बीमा बाहेक सबै ८ वटै कम्पनी उपसूचक समूहको परिसूचक ओरालो लागेको छ । तिनीहरुमध्ये सबैभन्दा बढी जलबिद्युत कम्पनी समूहले कमाएको छ ।
आज सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुलेमात्र ३४ अंकले कमाएका छन् । त्यस्तै राइराङ् हाईड्रो पावर(२२), अपि पावर कम्पनी(१९), अरुण काबेली जलबिद्युत(१९) गोर्खाज फाईनान्स(१५) लगायतका लगानीकर्ताहरुले कमाउँदा विशालबजार कम्पनी (२१९) एभरेष्ट बैंक लिमिटेड(४२), नदिप लघुबित्त(२६), समिट माईक्रो फाईनान्स(२२) लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।
त्यस्तै कारोबार रकमको आधारमा प्राईम बैंक शिर्षस्थानमा रह्यो । आज उसको २० करोड ८४ लाख ६० हजार ८५९ रुपैंयाँ बराबरको कारेबार भएको छ । कारोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य ३५१ रहेको थियो । त्यस्तै अरुण काबेली हाईड्रो, एभरेष्ट बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।
कारोबार संख्याको आधारमा भने अरुण काबेली शिर्ष स्थानमा रह्यो । उसको मात्र ६ लाख ६४ हजार ८६५ कित्ता सेयर किनबेच भएको छ । करोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य २८७ रुहेको थियो । त्यस्तै प्राईम बैंक, अपि पावर कम्पनी, हिमाल दोलखा हाईड्रो क्रमशः दोस्रो, तेस्रो र चौथो स्थामा रहेको नेप्सेले जनाएको छ ।
याे पनि हेर्नुहाेस्
सेयर कारोबार नेप्से झिनो अंकले ओर्लियो, ४ कम्पनीको सूचकमा भने सकारात्मक सर्किट
| Market Summary | |
| Total Turnover Rs: | 2,842,469,177 |
| Total Traded Shares | 9,123,896 |
| Total Transactions | 35,335 |
| Total Scrips Traded | 200 |
| Total Market Capitalization Rs. | 2,192,345.62 Millions |
| Floated Market Capitalization Rs. | 774,918.85 Millions |
| Index | Current | Points Change | %Change | ||
| NEPSE | 1,636.17 | 4.47 | 0.27 | ||
| Sensitive | 324.36 | 2.14 | 0.65 | ||
| Float | 114.11 | 0.24 | 0.21 | ||
| Sen. Float | 106.68 | 0.66 | 0.61 | ||
| Sub-Indices | Current | Points Change | %Change | |
| Banking | 1,301.64 | 7.9 | 0.6 | |
| Trading | 1,226.44 | 19.03 | 1.53 | |
| Hotels | 1,757.35 | 4.86 | 0.28 | |
| Development Bank | 2,106.03 | 5.05 | 0.24 | |
| HydroPower | 1,432.42 | 13.93 | 0.98 | |
| Finance | 864.52 | 0.2 | 0.02 | |
| Non Life Insurance | 8,190.49 | 16.18 | 0.2 | |
| Manu.& Pro. | 3,034.08 | 4.21 | 0.14 | |
| Others | 1,081.02 | 0.67 | 0.06 | |
| Microfinance | 2,655.41 | 13.34 | 0.5 | |
| Life Insurance | 9,705.13 | 1.35 | 0.01 | |
| Mutual Fund | 10.89 | 0.02 | 0.18 | |
वि.सं.२०७७ कात्तिक २० बिहीवार १६:५३ मा प्रकाशित


























