back
CTIZAN AD

सेयर कारोबार नेप्से झिनो अंकले ओर्लियो, ४ कम्पनीको सूचकमा भने सकारात्मक सर्किट

वि.सं.२०७७ कात्तिक १९ बुधवार

918 

shares

काठमाडौं । सेयर कारोबार नेप्से झिनो अंकले ओरालो लागेको छ । साताको चौथो दिन बुधबार नेप्सेमा २.३९ अंकले गिराबट आएर समग्रमा १६४०.६४ बिन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीहरूकाे काराेबार मापक सेन्सेटिभ पनि ०.११ अंकले घटेर ३२६.४९ अंकमा झरेकाे छ ।

सुचिकृत मध्ये २०२ कम्पनीको १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०९ रुपैंया बराबरको ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर किनबेच भयो भने तिनको कारोबारमा २४ हजार ८२ पटक लेनदेन भएको छ ।

नेप्से ओरालो लागेसंगै कारोबार रकम पनि घटेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै ४८ करोडले घटेको हाे ।

उता चारवटा कम्पनीको कारोबार रकममा भने सकारात्मक सर्किट लागेको छ । विशाल बजार(१०%), सानिमा जनरल इन्स्योरेन्स(९.९७%),कालिका पावर कम्पनी(६.९५%), पाँचथर पावर कम्पनी (६.४०%) को सेयरमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबारमा ब्यापार, होटल्स, जलबिद्युत, अन्य, र सामूहिक लगानीकोष बाहेकका सबै १२ कम्पनीको सूचक ओरालो लागेको छ ।

आजको कारोबारमा ब्यापार समूहको सूचक सबैभन्दा बढी अंकले उकालाे लागेकाे देखिएको छ । उसको सूचमा २५.३१ अंकको बृद्धि देखिएको हो । कारोबार भएकामध्ये ५६ कम्पनीको सूचक उकालो लागेको छ भने ९३ कम्पनीको सूचक ओरालो लागेको छ । २४ कम्पनीको सूचकमा भने कुनै पनि परिवर्तन देखिएको छैन ।

आज कारोबार रकमको आधारमा प्राईम बैंक शिर्ष स्थानमा रह्यो । उसको मात्र ९ कराेड ५ लाख ३३ हजार ४३३ रुपैंया बराबरको काराेबार भयो । कारोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य ३४६ रुपैंयाँ रहेको थियो । त्यस्तै अरुण काबेली पावर लिमिटेड, नेपाल टेलीकम लगायतका कम्पनीहरू क्रमश दोस्रो र तेस्रो स्थानमा रहे ।

कारोबार संख्याको आधारमा अरुण काबेली पावर कम्पनी, प्राईम कामर्शियल बैंक, अपी पावर कम्पनी लगायत शिर्ष स्थानमा रहे ।

Market Summary
Total Turnover Rs: 1,757,459,905
Total Traded Shares 5,631,604
Total Transactions 24,082
Total Scrips Traded 202
Total Market Capitalization Rs. 2,195,020.42 Millions
Floated Market Capitalization Rs. 775,600.75 Millions

Market Information
Index Current Points Change %Change
NEPSE 1,640.64 2.39 0.15  
Sensitive 326.49 0.11 0.03 
Float 114.35 0.22 0.19  
Sen. Float 107.34 0.19 0.18  
Sub-Indices Current Points Change %Change
Banking 1,309.54 3.04 0.23  
Trading 1,245.46 25.31 2.07  
Hotels 1,752.49 4.67 0.27 
Development Bank 2,100.97 11.42 0.54  
HydroPower 1,418.50 1.58 0.11  
Finance 864.72 2.88 0.33  
Non Life Insurance 8,206.68 88.68 1.07  
Manu.& Pro. 3,038.29 0.11 0  
Others 1,081.69 5.39 0.5  
Microfinance 2,668.75 3.66 0.14  
Life Insurance 9,703.78 12.67 0.13  
Mutual Fund 10.91 0.01 0.07  

वि.सं.२०७७ कात्तिक १९ बुधवार १६:४४ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...