back
CTIZAN AD

पार्टी विवाद चर्किएको बेला प्रचण्ड–नेपालले किन भेटे कानूनविद्लाई ?

वि.सं.२०७७ कात्तिक २० बिहीवार

771 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुले कानूनविद्सँग छलफल गरेका छन् । बिहिबार पार्टी कार्यालय पेरिसडाँडामा उनीहरुले छलफल गरेका हुन् ।

कानूनविद्सँगको छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसहित, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य रघुजी पन्त, मातृका यादव, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरु उपस्थित थिए । नेताहरुले छलफलका लागि नेपाल बार एसोसियसनका अध्यक्ष चण्डिश्वर श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य एवम् पूर्व न्यायाधिवक्ता मुक्ति प्रधानलगायत वरिष्ठ कानुनविद्हरूलाई बोलाएका थिए ।

पार्टीभित्र देखिएको अन्तरविरोध र अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने सम्भावित कदमबारे नेताहरुले कानूनी परामर्श लिएको बुझिएको छ । कानूनविद्सँगको छलफल लगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

पछिल्लो समय सत्तारुढ पार्टीभित्र विवाद चर्किदैं जाँदा पार्टीको आन्तरिक बैठकहरु समेत बस्न सकेको छैन् । प्रधानमन्त्री ओलीले आफुँ अनुकुल बैठक नदेखेसँगै बैठक बोलाउन इन्कार गर्दै आएका छन् । उनले यसबीच बैठक राखे कडा कदा चाल्ने चेतावनीसमेत दिएका छन् ।

ओलीको चेतावनीपश्चात प्रचण्ड–माधव समुह विकल्प खोज्न तिर लागेको बुझिएको छ । कानूनविद्सँगको छलफललाई त्यसैको श्रृंखलाको रुपमा कतिपयले चर्चा गरेका छन् ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:१८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...