२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावले नेकपाको आन्तरिक राजनीतिक मामिलाको विषयमा राष्ट्रपति पद र मर्यादाको उल्लंघन भएको बताएका छन् ।
नेकपा भित्रको आन्तरिक विवादका कारण एकताका कामहरु नसकिदै फुटको संघारमा देखिएको नेकपाभित्र राष्ट्रपतिले कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको समाचार बाहिर आएको भन्दै नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
यस्तो कार्यले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने बताउँदै शुक्रबार सामाजिक संजाल ट्विटरमा लेख्दै नेता रावलले भनेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’
नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।
— Bhim Rawal, PhD (@BhimRawal179) November 6, 2020
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ११:५२ मा प्रकाशित






























