back
CTIZAN AD

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख्र सत्ताइस हजारभन्दा बढीको मृत्यु

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

801 

shares

२१ कात्तिक, वासिङटन । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख २७ हजार ९६ व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्व विद्यालयले बिहीबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८२ लाख १५ हजार ७३२ व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३३ हजार ७३४ जनको मृत्यु भएको छ । अमोरिकामा ९४ लाख ८८ हजार ८७५ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस संक्रमणको हिसाबबाट दोस्रो स्थानमा रहेको छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । (रासस)

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ११:५१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...