back
CTIZAN AD

दृष्टिविहीन छात्रावासको लागि जापानले दियो १ करोड माथिको अनुदान

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

804 

shares

२१ कात्तिक, काठमाडौँ । राजधानीको कागेश्वरी मनहरा नगरपालिकामा दृष्टिविहीन छात्राहरूका लागि छात्रावास भवन निर्माण गर्न जापान सरकारले रु एक करोड १४ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापानी राजदूतावास र नेपाल नेत्रहीन सङ्घबीच आज हस्ताक्षर भएको हो । दूतावासका कार्यबाहक राजदूत योसियोका युजु र सङ्घका अध्यक्ष रमेश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेको जापानी दूतावासले जनाएको छ । देशका विभिन्न भागबाट उच्च शिक्षाका लागि राजधानी आएका दृष्टिविहीन छात्राहरूलाई सङ्घले छात्रावासको व्यवस्था गर्दै आएको छ । विद्यार्थीको बढ्दो सङ्ख्यासँगै मौजुदा छात्रावास भवन आवासका लागि पर्याप्त नभएकाले नयाँ भवन बनाउन जापानले अनुदान प्रदान गरेको हो ।

यसैबीच, जापानी राजदूतावासले कीर्तिपुरस्थित आँखा अस्पतालमा मधुमेहका बिरामीको नेत्रपरीक्षणका निम्ति आवश्यक पर्ने उपकरण जडान गर्न रु एक करोड ८३ लाख अनुदानस्वरुप प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा कार्यबाहक राजदूत युजु र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले आजै हस्ताक्षर गर्नुभएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । (रासस)

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:२८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...