२१ कार्तिक, काठमार्डौ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिकाका १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग ईमाडोलको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, सप्तरीमा पनि ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनी नगरपालिकाका ४५ वर्षीय सोगिन्दर रामलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामले ती महिलालाई जबरजस्ती करणी गरेको सुचनाको आधाारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १६:१४ मा प्रकाशित


























