back
CTIZAN AD

नागरिकता र सम्पत्ति सुरक्षाको माग गर्दै एनआरएनएद्वारा सरकारसमक्ष सुझाव प्रस्तुत

वि.सं.२०७७ कात्तिक २३ आइतवार

762 

shares

२३ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरुको सम्पत्ती सुरक्षा र नागरिकता ग्यारेन्टीको माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसीका अनुसार संघले गत बिहीवार नेपाल कानून आयोगमार्फत् नेपालीको नागरिकता र सम्पत्तीसम्वन्धी अधिकार सुनिश्चित गर्न कानून संशोधनको लागि एनआरएन ऐन मस्यौदा संशोधन गर्न माग गर्दै सुझाव दिएको हो ।

केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलमार्फत एनआरएनए ऐनको मस्यौदा सम्बन्धमा सुझाव पेश गरेको हो । कानून आयोगसँगको छलफलमा उपाध्यक्ष डा बद्री केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा बुँदागत रुपमा संघको धारणा प्रस्तुत गरेका थिए ।

कानून आयोगका अध्यक्ष माधव पौडेलले संघले सुझाव प्रतिवेदन ग्रहण गर्दै प्राप्त सुझावहरुले गैरआवासीय नेपाली संघ ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । उनले संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिताको परिकल्पना र एनआरएनए ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार ०८:५७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...