back
CTIZAN AD

बैलगाडा चढेर अमेरिका नपुगिने निश्चित

वि.सं.२०७७ कात्तिक २३ आइतवार

1.1K 

shares

सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुटबन्दीको शिकार भएको कारण पार्टी भित्रको अन्तरद्वन्द्व बाहिर छताछुल्ल भएको छ। यसले कम्युनिष्ट आन्दोलन, सहिदको रगत संग साटेको जनताको अधिकार संघीयता धरापमा त छ नै कम्युनिष्टको भविष्य पनि दाव मै रहेको छ।

नेपालको राजनीतिक पार्टीभित्र गुटबन्दी महामारीको रुपमा ग्रसित छ। यस्तो अवस्थामा जुनसुकै पार्टीले पनि देश र जनताको कुनै पनि मुल्यमा भलो गर्न सक्दैन । अहिले सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुटबन्दीको शिकार भएको कारण पार्टी भित्रको अन्तरद्वन्द्व बाहिर छताछुल्ल भएको छ। यसले कम्युनिष्ट आन्दोलन, सहिदको रगत संग साटेको जनताको अधिकार संघीयता धरापमा त छ नै कम्युनिष्टको भविष्य पनि दाव मै रहेको छ।

यतिबेला अन्तर्राष्ट्रिय शक्तिहरु नेपाल प्रति अब के हुन्छ भनी हेरिरहेको छ र चासो राखेका छन् । अमेरिकाले MCC मार्फत नेपालमा आफ्नो साम्राज्य कायम गराएर सम्प्रभुत्व जमाउने दावमा छन भने,भारत नेपाललाई विस्तारवाद नीति अनुरुप उपनिवेश बनाउँदै आफ्नो अधिनष्ट नेपाल बनाउने योजना बनाउदै गुप्तचर संस्था ञरअझका सदस्यहरु नेपालमा फैलाएका छन ।

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल एकाएक नेपाल आएर प्रधानमन्त्री के पि ओलिलाई भेट गरेर गएपछि प्रधानमन्त्रीको भाषा र ब्यवहार फेरिनुले शंका उत्पन्न गरेको छ र नेकपा भित्रको आन्तरिक द्वन्द झनै चर्किएको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय शक्तिहरुको सम्बन्धलाई संतुलित बनाउन सकिएन भने देशमा खत्र एवं गम्भीर अवस्था उत्पन्न हुनसक्छ।

मार्क्स, लेनिन, माओत्सेतुङ, पुष्पलाल लगायत मदन भण्डारीले भनेका छन,’पार्टीभित्र गुटबन्दी सबैभन्दा ठूलो अपराध हो’।

कम्युनिष्ट पार्टी भित्र गुटबन्दी हुनुको मुख्य कारण भनेको पार्टीमा पुँजीवादी हावी हुनु र उसको वर्चस्व कायम रहिरहनु हो। यस्तो अवस्थामा लोकतन्त्र र संघीयता धरापमा पर्नु अश्वभाविक रहेन, र के पि शर्माको टुक्का मुताविक समाजवादमा पुग्नु भनेको बैलगाडा चढेर अमेरिका जानू जस्तै हुने भयो।

वि.सं.२०७७ कात्तिक २३ आइतवार ०८:५१ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...