२४ कात्तिक, काठमाडौं । गत वर्ष ७ पुसमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले किसान र उद्योगीविचमा एकमहिना भित्रमा बाँकी रहेको बक्यौता उपलब्ध गराउने लिखित सहमति गराएका थिए, तर पुरै एक वर्ष समय वित्न लाग्दा पनि उखु किसानले उद्योगीबाट रकम प्राप्त गर्न सकेनन् ।
गत वर्ष सर्लाहीदेखि काठमाडौं सम्म आफ्नो बक्यौता रकमको लागि आन्दोलन धर्ना गरेका उखु किसानहरु फेरि सरकारसँग हारगुहार गर्न काठमाडौं आएका छन् ।
आइतवार उद्योगमन्त्री भट्टसँग भेटेर छठ पर्वपछि आन्दोलन गर्ने चेतावनी किसानहरुले दिएकाछन् । गतवर्ष सरकारनै रोहवरमा बसेर भएको सम्झौता उद्योगीहरुले नटेरेपछि किसानहरु थप आन्दोलित हुनुपरेको उखु किसानको गुनासो छ ।
वि.सं.२०७७ कात्तिक २४ सोमवार ०८:२४ मा प्रकाशित






























