२४ कात्तिक, काठमाडौं । आज सोमबार पनि सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ ।
आइतबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ केही दिनदेखि निरन्तर उकालो लागिरहेको छ ।
आजफेरि ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिपुग्यो त प्रतितोला ?
वि.सं.२०७७ कात्तिक २४ सोमवार ११:२५ मा प्रकाशित






























