back
CTIZAN AD

वीरबहादुर लामा: एक विश्वविद्यालय

वि.सं.२०७७ कात्तिक २४ सोमवार

702 

shares

एउटा थियो निडर मान्छे
जो ढुङ्गा चपाएर निल्थ्यो
जो फलाम पगालेर पिउँथ्यो
आज गुमनाम अस्तायो
अब कहिल्यै नफर्किने गरी हामीबाट हरायो ।
ऊसँग कागजी चिर्कटो थिएन
तर ऊ आफैँमा एउटा विश्वविद्यालय थियो
ऊसँग अग्लो कुर्सी थिएन
तर ऊ सबैले चढ्ने सगरमाथा थियो
कहिलेकाहीँ घामलाई समात्छु भन्थ्यो ऊ
कहिलेकाहीँ पहाडलाई धकेल्छु भन्थ्यो
भारी बोक्नेहरूको झोलुङ्गेपुल थियो ऊ
अनि हलो जोत्नेहरूको दौँतरी थियो
एउटा थियो लाटो मान्छे
ऊ आफूलाई लाटो भन्थ्यो
जो बाठाहरूको अगुवा भयो
ऊ खडेरीमा पनि फूल भएर फक्र्यो
ऊ बगरमा पनि पानी भएर बग्यो
तर आज अनायास निदायो
अब कहिल्यै नफर्किने गरी हामीबाट हरायो ।
जिन्दगीमा उसले के गरेन ?
धेरै थोक गर्यो, धेरै थोक गुमायो
सुरुङ खन्यो, जेल फोर्यो
घर छोड्यो, भूमिगत भयो
कम्युन के हो सिकायो
समानता के हो बुझायो
जहिले पनि साँचो बोल्यो
जालीहरूको पोल खोल्यो
राक्षसहरूको सातो खायो
श्रमजीवीहरूको प्यारो भयो
एउटा थियो जूनजस्तो मान्छे
जो हामीलाई बाटो देखाउँथ्यो
आज हामीलाई रुवाएर गयो
अब कहिल्यै नफर्किने गरी हामीबाट हरायो ।

 

२०७७ कार्तिक २३

वि.सं.२०७७ कात्तिक २४ सोमवार ११:२७ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...