back
CTIZAN AD

अमेरिकी चुनाव : ट्रम्पले हार्नु र बाइडेनले जित्नुका ५ कारण यस्ता

वि.सं.२०७७ कात्तिक २४ सोमवार

717 

shares

काठमाडौं । अमेरिकी चुनावको नतिजापश्चात धेरैको मनमा प्रश्न उठेको छ, चुनावी चर्चामा अगाडि रहेका डोनाल्ड ट्रम्प कसरी हारे ? कतिपयले हार्नुको पछाडि उनको नस्लीय भेदभावपूर्णं सोंचलाई जिम्मेवार रहेको ठहर गरेका छन् भने कतिपयले अभद्र शैली । उनको विवादित बयानलाई पनि कतिपयले जिम्मेवार मानेका छन् ।

पछिल्लो कोरोना महामारीमा उनले खेलेको विवादित भूमिकाप्रति पनि धेरैको प्रश्न छ । तथापि यी बाहेक अन्य कारण पनि महत्वपूर्णं छन् । आज हामी ट्रम्प हार्नुका केहि कारणबारे चर्चा गर्दैछौं । जानौं ट्रम्प हार्नुका मुख्य कारण :

कारण १ : अमेरिकामा यस्तो अवस्थामा चुनाव भयो जुन बेला कोरोना महामारीले अमेरिकालाई निकै संकटमा पुर्याएको थियो । यस महामारीबाट अमेरिका निकै प्रभावित बनेको छ । कोरोना महामारीको कारण हालसम्म अमेरिकामा साढे दुई लाखभन्दा बढिको ज्यान गईसकेको छ ।

ट्रम्पले अमेरिका जस्तो शक्तिशाली देश भएर पनि कोरोनालाई नियन्त्रणमा लिन सकेनन् । यसै कारण उनी निकै आलोचितसमेत भए । जसको फाईदा बाइडेनले भरपुर रुपमा उठाए ।

कारण २ : अमेरिकामा श्वेत–अश्वेतबीचको भेदभावको मुद्दा हरेक चुनावमा उठ्ने गर्दछ । केहि महिना पहिला पनि अमेरिकामा एक श्वते प्रहरीले अश्वेत नागरिक जोर्ज फ्लोयडलाई घाँटीमा अचेंटेर हत्या गरेका थिए । जुन घटनाको निकै विरोध पनि भयो । फ्लोयडको प्रहरी हिरासतमै गरिएको जघन्य हत्यापश्चात अमेरिकाको १४ राज्यमा हिंसा भड्कीयो । घटना नियन्त्रण बाहिर गएसँगै २५ भन्दा बढि शहरमा कफ्र्यू लगाउनु पर्यो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसामाथि काबु पाउनुको साटो हिंसालाई बढाउने गरि अभिव्यक्ति दिए । ट्रम्पले गरेको भड्काऊ अभिव्यक्ति नै चुनावी मसला बन्यो । उनलाई विभाजनको संज्ञा दिइयो । धेरैको बुझाई पनि अश्वेत नागरिकले गरेको असहयोगको कारण पनि ट्रम्प हारेका हुन् ।

कारण ३ : राष्ट्रपति ट्रम्प आफ्नो पुरै कार्यकालको दौरान आफ्नै अभिव्यक्तिको कारण विवादित बनी रहे । उनले सामाजिक सञ्जाललाई नै दुरुपयोग गरेको पनि चर्चा चल्यो । ट्रम्पका विवादित अभिव्यक्ति कहिले स्वंयले त कहिले सामाजिक सञ्जालका कम्पनीले हटाउनु पर्यो । उनले सञ्चारमाध्यममा दिएका झुठा अभिव्यक्तिले स्वंय सञ्चार माध्यमसमेत लज्जित हुन पुगे ।

उनले आफ्नाविरुद्व देखिएका सबै मिडिया रिर्पोटलाई ‘फेक न्यूज’को संज्ञा दिए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा ट्रम्पको विवादित छबी नै बाइडेनको लागि मसला मिल्यो । चुनावी अभियानका क्रममा बाइडेनका समर्थकले ट्रम्पका विवादित अभिव्यक्तिलाई चर्चाको विषय बनाए ।

कारण ४ : सन् २०१६ मा भएको चुनावमा ट्रम्पले निकै धेरै आश्वासनहरु बाँडेका थिए । तर, उनी निर्वाचित भएसँगै भने ति आश्वासनबाट बाहिर गए । जुन कारण नै उनको गैर–राजनीतिक पृष्ठभूमिमाथि प्रश्नहरु उब्जे । २०२० मा भएको निर्वाचनमा त्यहि विषय मुद्दाको रुपमा उठे । जुन बाइडेनको लागि फाइदाकर हुन पुग्यो ।

कारण ५ : डोनाल्ड ट्रम्पको केही नीतिका कारण अमेरिकामा रहने धेरै आप्रवासीहरु समस्यामा परे । उनको नीतिको कारण नै आप्रवासीहरुको व्यवसायीक गतिविधिमा समेत समस्या आइलाग्यो । ट्रम्पको नीतिको विरुद्वमा उभिएका आप्रवासी समुदाय चुनावी समयमा पनि ट्रम्पको विरुद्वमा देखिए ।

उनीहरुले आफ्नो अनुकुल नीति ल्याउनको लागि ट्रम्प होइन बाइडेनलाई समर्थन गरे । अमेरिकामा रहने भारतीय मूलका ठूलो समुदाय पनि ट्रम्पको विरुद्वमा देखियो । जसले ट्रम्पलाई हार र बाइडेनलाई जित दिलाउन भूमिका खेल्यो । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ कात्तिक २४ सोमवार १५:२० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...