back
CTIZAN AD

स्वाबलम्बन लघुवित्तको नाफा यस वर्ष १२ करोडभन्दा बढी

वि.सं.२०७७ कात्तिक २४ सोमवार

657 

shares

२४ कात्तिक, काठमाडौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको नाफा गत वर्षभन्दा यस वर्ष ४ दशमलव ६४ प्रतिशतले बढेको छ । कात्तिक २४ गते सार्वजनिक कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणमा यस वर्ष रू. १२ करोड ७७ लाख ७ हजार खुद नाफा गरेको उल्लेख छ ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ४ दशमलव ६४ प्रतिशतलेनै बढेको छ । गत वर्ष रू. १९ करोड ३७ लाख १९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २० करोड २७ लाख १० हजार यो नाफा गरेको हो ।

२६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २३ दशमलव ९३ प्रतिशत बढेर रू. १ अर्ब ६८ करोड ६७ लाख ८७ हजार कायम भएको छ ।

गत वर्षभन्दा कम्पनीले २१ प्रतिशत बढी रू. ९ अर्ब ६८ करोड ४३ लाख ९८ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा २ दशमलव ९२ प्रतिशत बढी रू. १५ अर्ब ४८ करोड ५८ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९५ प्रतिशत पुगेको छ ।

चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू.६४ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. ३१२ दशमलव ८७ रहेको छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १५:०४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...