बैकर तथा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह यतिबेला कोरोना संक्रमणबाट मुक्त भएका छन् । १४ दिनको होम आइसोलेसनको बसाई पश्चात उनी कोरोना मुक्त भएको कुरा आफ्नै युट्यमार्फत् सेयर गरेका छन् ।
आफ्नो १४ दिने आइसोलेसन अनुभव युट्वमार्फत् बाड्दै शाहले भनेका छन्- यो मेरो अनुभव तपाईलाई पनि सहयोग गर्न सक्छ ।’
शाहले मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र हात धुन सबैलाई अनुरोध गरेका छन् । शाहका अनुसार यी तीन चीजमा ध्यान दिएमा कोभिड संक्रमण नहुने र संक्रमण भइहालेमा त्यसको असर एकदमै कम हुन्छ ।
शाहले आफूले पनि मास्क लगाउँदा लगाउँदै र सावधानी अपनाउँदा कोरोना संक्रमण भएपछि खल्लो लागेको र कसरी भयो भन्ने लागेको बताएका छन् । यहि विषयमा डाक्टरहरुले मास्क नलगाएको र सामाजिक दूरी कायम नगरेको भए भाइरल लोड एकदमै बढी हुने समेत बताएका थिए । ‘म भाग्यमानी हुँ । म मा भाइरल लोड कम थियो । लक्षणहरु धेरै कम थिए ।’ उनले भनेका छन् ।
यस्तो रह्यो कोभिडसँगै उनको यात्रा
अक्टोबर १३ का दिन सुत्नु भन्दा अगाडि ममा स्मेल (गन्ध) माा कमी भएको हो की भन्ने लाग्यो । भोलीपल्ट अक्टोबर १४ मा उठे । नुहाइ धुवाई गरेर सेभ गर्दा बास्ना नै आएन । सेनिटाइजर लगाएर हात धुँदा पनि बास्ना आएन । मैले सुनिरहेको कोभिडको एउटा लक्षण भनेको स्मेल जानु पनि हो । अफिस गए । आफैलाई आइसोलेट गरेर । अनि कोरोना संक्रमण भए÷नभएको टेष्ट गरेँ । डाक्टरसापलाई स्मेल गएको छ भन्दा तपाई आइसोलेट गरिहाल्नुस भन्नु भएकाले के गर्ने भनेर सोँचमा परे । घर फर्किएपछि आइसोलेसनमा गइहालेँ । पहिले त के गर्ने ? कहाँ बस्ने आइसोलेसनमा ? घरमै बस्ने कि, होटलमा बस्ने भन्ने भयो । त्यसपछि घरमै रहेको लिभिङ रुमलाई आइसोलेन बनाए । त्यहाँ झ्यालहरु भएको र प्रसस्तै हावा पनि आउने थियो । त्यपसछि अक्टोबर १७ मा मैले दोस्रोपटक परीक्षण गरे । घरमै डाक्टर आएर टेष्ट गरिदिनु भयो । त्यतिबेला म ढुक्कै थिए कि, पक्कै पनि कोरोना नेगेटिभ नै आउँछ । किनकि त्यतिबेला सम्म मेरो स्मेल केही आइसकेको थियो । तर, बेलुका रिर्पोट आउँदा पोजेटिभ आएको थियो ।

पोजेटिभ आउँदा मलाई यस्तो भयो कि, भित्रैबाट निराशापन आयो । म सँगै परिवारमा पनि अनिललाई कोभिड १९ भएको छ भनेर चिसो पस्यो । तर, त्यो गलत रहेछ । कोभिड हुने वित्तिकै अब खत्तमै भइयो भन्ने भित्रबाट आउने सोचलाई सबैले दवाउनुहोस् । हो, कोभिड भइसकेपछि कसैलाई धेरै लक्षण हुन्छ, कसैलाई कम देखिन्छ । त्यसैले पनि मनोबल उच्च बनाउँदै आफूलाई बलियो बनाउनुहोस् । ‘म छिटै निको हुन्छु’ भनेर सोच्नुहोस् । आफुसँगै परिवारमा पनि सकारात्मक सोच हुन जरुरी हुँदो रहेछ । परिवार तथा छिमेकले ‘ चिन्ता नगर, ठिक हुन्छ, हामी छदै छौ नि भन्नुपर्ने र आफुले पनि म ठिकै छु नि, भने र मनोबल बढाउँदा त्यसले रोगलाई जित्ने बल पुग्छ ।
म यतिधेरै सेफ हुँदा पनि किन भयो होला ? मलाई केही भइहाल्यो भने मेरो परिवारलाई के होला ? भन्ने सोच पनि आयो । तर, अर्कोदिन यस्तो विचार ल्याउनु हुँदैन भन्ने लाग्यो । अनि १४ दिनको आइसोलेसन सुरु गरे । आइसोलेसन सुरु गर्दा गाह्रो त भयो तर जति सकिन्छ कम गाह्रोमा परिणत गर्दै गए । कोभिड भयो म खत्तम भए भनेर नभन्नुहोस् । जतिसुकै उमेरको अवस्था भएपनि पहिले दिमाग अनि मनलाई बलियो बनाउनुहोस् ।
आइसोलेसनका बेला मैले पलंगमा नसुतेर भुँइमै विस्तरा बनाए । अनि थर्मोमिटर, अक्सिमिटर र सबै औषधिहरु सँगै राखे । खानेकुराहरु पनि त्यहि राखे अनि अफिसको कामहरु पनि गरिरहेँ । घरमै बनेको खाना खाए । अनि दिनको ३ पटक पानीको बाफ लिए बिहान, दिउँसो र बेलुका । हरेक पटक १० देखि १५ मिनेट ।
भिडियोमा हेर्नुहोस् शाहका अनुभव
वि.सं.२०७७ कात्तिक २४ सोमवार १५:०२ मा प्रकाशित






























