२४ कार्तिक, काठमाडौं । चितुवाको आक्रमणबाट डडेल्धुरामा एक बालकको मृन्युभएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण परि बालकको मृन्यु भएको हो ।
बालक आफ्नो काकाको घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । चितिवाको आक्रमणमा परेका अन्दाजी १२ –१३ वर्षीय बालकको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा यसअघि पनि चितिवाले बेलाबेला आक्रमण गर्ने गरेको सुचना प्राप्त हुनेगरेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २४ सोमवार १५:०२ मा प्रकाशित






























