back
CTIZAN AD

आन्तरिक उडानमा उत्साहजनक,अन्तर्राष्ट्रिय उडान बढेन

वि.सं.२०७७ कात्तिक २४ सोमवार

618 

shares

२४ कात्तिक काठमाडौं । कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भए पनि अहिलेसम्म उडान सङ्ख्या बढ्न सकेको छैन ।

अन्तर्राष्ट्रिय उडान हुने कतिपय गन्तव्यमा सम्बन्धित मुलुकले उडान प्रतिबन्धका साथै नेपाल आउने भारतलगायत केही गन्तव्यको उडान स्थगित रहेकाले पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अहिले आन्तरिकतर्फ ७० देखि ८० प्रतिशत र अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत मात्र उडान भइरहेको छ । उनले आन्तरिक उडान उत्साहजनक नै रहेपनि अन्तर्राष्ट्रिय उडान भने बढ्न नसकेको उल्लेख गरे ।

आन्तरिक उडानका एयरलाइन्सले पनि आफ्नो उडान ‘अकुपेन्सी’ राम्रो रहेको र महत्वपूर्ण चाडपर्वले गर्दा पनि उडान उत्साहबद्र्धक रहेको बताएका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलगायत कम्पनीको उडान अकुपेन्सी सन्तोषजनक रहेको छ ।

बुद्ध एयरले दशैँयता आफ्नो उडानमा करिब ९० प्रतिशत अकुपेन्सी रहेको र यो सङ्ख्या क्रमशः बढ्दै जाने विश्वास लिएको छ । कम्पनीले अहिले दैनिक तीन हजार ५०० यात्रु उडाउँदै आएको छ । यता यती एयरलाइन्सको पनि उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत रहेको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानमा चाड पर्वले गर्दा पनि अहिले उत्साहबद्र्धक रहेको छ ।

हवाई उडानको भाडादर पनि सस्तो भएकाले धेरै मानिसले जहाज चढिरहेका छन् । महामारीकाबीच लामो यात्रामा सङ्क्रिमत हुने खतरा रहेकाले यात्रुको पहिलो रोजाइ जहाज हुने गरेको छ । तुलनात्मक रुपमा जोखिम कम हुने भएकाले पनि हवाई उडानको आकर्षण बढेको हो । आन्तरिक उडानका यात्रु विभिन्न गन्तव्यमा जान थालेपछि यात्रुको सङ्ख्या बढेको छ ।

अहिले पर्यटनको महत्वपूर्ण समय पनि भएकाले पारिवारिक, समूहगत तथा व्यक्तिगत रुपमा पनि धेरै सङ्ख्यामा आन्तरिक पर्यटक विभिन्न गन्तव्य पुग्ने गरेकाले हवाई कम्पनीलाई राहत मिलेको छ । यतिबेला पदयात्रा, पर्वतारोहणका साथै विभिन्न क्षेत्रमा घुमफिरका लागि धेरै सङ्ख्यामा पर्यटक निस्केका छन् । पछिल्लो समय नेपालमा कोभिड महामारीको सङ्क्रमण दर उच्च रहेको छ । वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान सञ्चालन गरिरहेका छन् ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् । रासस

वि.सं.२०७७ कात्तिक २४ सोमवार १६:२० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...