back
CTIZAN AD

सेवा सुविधामा नागरिकले परिवर्तनको अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री घिमिरे

वि.सं.२०७७ कात्तिक २४ सोमवार

663 

shares

२४ कात्तिक, मोरङ। प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालले प्रदान गरिने सेवा सुविधामा नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आजदेखि यहाँ आयोजित तीन दिने आव २०७६/७७ को स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई निजी अस्पतालभन्दा सेवा सुविधा प्रदान गर्ने कार्यमा सरकारी अस्पताल अब्बल रुपमा लाग्नुपर्ने बताए ।

मन्त्री घिमिरेले सरकारले लक्षण सहितको कोरोना सङक्रमितको उपचारका लागि विराटनगरमा तीन सय श्ययासहित प्रदेशमा पाँच सय श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने जानकारी दिए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालमा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगका लागि दक्षजनशक्ति उपलब्ध गराउने भन्दै जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीले साझा प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले स्वास्थ्यकर्मीको गत वर्षको जोखिम रकम चाँडै उपलब्ध गराउने जानकारी दिँदै अस्पतालको सेवा विस्तारका लागि औजार खरिद गर्न आवश्यक बजेट नरोक्ने जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले जनतालाई स्वास्थ्यसम्बन्धी प्रभावकारी सेवा सुविधा प्रदान गर्न एवं आगामी दिन गुणस्तरीयसेवाका लागि योजना तर्जुमा गर्न गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहता र डा रवीन्द्र कर्णले स्वास्थ्य बजेट र प्रदेशमा कोरोना सङक्रमणको स्थितिका सम्बन्धमा कार्यपत्रपत्र प्रस्तुत गरेका थिए।

तीन दिने उक्त गोष्ठीमा पहिलो दिन अस्पताल, दोस्रो दिन स्वास्थ्य कार्यालय र तेस्रो दिन आयुर्वेद कार्यक्रममा गत वर्ष गरेको कार्य तथा आगामी दिनमा गर्नुपर्ने कार्य, सो कार्यान्वयनमा आइपर्ने समस्या, समाधान आदि विषयमा समीक्षा गरी सुझाव सङ्कलन गरिने भएको छ ।

प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय, शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको छ । रासस

वि.सं.२०७७ कात्तिक २४ सोमवार १७:०० मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...