back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा कात्तिक २४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २४ सोमवार

681 

shares

२४ कात्तिक, काठमाडौं । नेपालमा सोमबार ( २४ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख ५१ हजार २५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,१७७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३६ हजार १७४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,३४८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार ८२६ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ४११ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४९, प्रदेश २ मा ८, बागमती प्रदेशमा २०४, गण्डकी प्रदेशमा ७२, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा १५ जना गरी जम्मा ४११ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १३ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ९ जना र लुम्बिनी प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ८३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ र रुपन्देही गरी १३ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ९६७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका २५७१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । साथै आज १७९८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।

आज १८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या  ११२६ पुगेको छ ।

आज देशैभरी २५७१ जनामा कोरोनाा संक्रमण, उपत्यकामा थपिए १४२८
नेपालमा आज काठमाडौं उपत्यकाका १४२८ जनासहित देशैभरी २५७१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, भोजपुरमा २, धनकुटामा ४, मोरङमा १४८, सुनसरीमा ९१ र संखुवासभामा ३ गरी प्रदेशमा ३०९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १२, पर्सामा १०, बारामा ३, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ९, सर्लाहीमा ६ र सिराहामा ११ जना गरी प्रदेशमा आज ६३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ११३६, काभ्रेपलान्चोकमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८, भक्तपुरमा ९१, मकवानपुरमा ४२ रसुवामा १, रामेछापमा ५, ललितपुरमा २०१, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ५ जना गरी प्रदेशमा आज १६२० जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १५१, गोरखामा १३, तनहुँमा १८, नवलपरासीपूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुमा २ र स्याङजामा १७ जना गरी प्रदेशमा आज २१६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नवलपरासीमा ९, पाल्पामा २४, प्युठानमा २, बर्दियामा ३, बाँकेमा ८ र रुपन्देहीमा ८५ गरी गरी प्रदेशमा आज जम्मा १७६ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा ५, दैलेखमा १३ र सुर्खेतमा २ गरी प्रदेशमा आज २० जना मात्रै संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ९, कन्चनपुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीमा १०, दार्चुलामा ११, बझाङमा १२, बाजुरमा १० र बैतडीमा ९ जना गरी प्रदेशमा आज १६७ जना थपिएसँगै देशैभरी २५७१ जना संक्रमति थपिएका हुन् । जसमा महिला १०५१ र पुरुष १५२० जना रहेका छन् ।

आज थपिएका २५७१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

कोरोना संक्रमणबाट आज देशैभरी १७९८ जना निको भए
पछिल्लो २४ घण्टामा देशैभरी १७९८ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १७९८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका १७९८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८१ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ४६५५, प्रदेश २ मा १,००६, बागमती प्रदेशमा १९,१३१, गण्डकी प्रदेशमा १७४८, लुम्बिनी प्रदेशमा २,२०२, कर्णाली प्रदेशमा ३०९ र सुदूरपश्चिम प्रदेशमा ७८५ जना गरी २९ हजार ८२६ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६३४८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि १८ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १८ जनाको मृत्यु भएको हो ।
आज थपिएका १८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १७:२३ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...