काठमाडौं । बिहारमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । २४३ विधानसभा सीटको लागि भएको मतगणनाको सुरुवाती परिणाममा निकै प्रतिस्पर्धा देखिएको छ । मतगणनाको सुरुवाती परिणाममा मुख्यमन्त्री नीतीश कुमार यादव नेतृत्वको एनडीए गठबन्धन अगाडि देखिएको छ ।
चुनाव आयोगले सार्वजनिक गरेको नतिजाअनुसार एनडीए गठबन्धन बहुमत सीट अर्थात् १२७ सीटटमा अगाडि देखिएको छ । २ सय सिटमा भएको मतगणनामा तेजस्ब यादव नेतृत्वको महागठबन्धन एक सय ४ सीटमा अगाडि छ ।
चुनाव आयोगले सार्वजनिक गरेको सुरुवाती नतिजाअनुसार ७० सीटमा थोरै मत अन्तरले प्रतिस्पर्धा देखिएको छ ।
९२ लाखको भोट गनियो
बिहारका मुख्य निर्वाच अधिकारी (सिईओ) एचआर श्रीनिवासले बताएअनुसार करिब ४.१० करोड भोटमा हालसम्म ९२ लाखको गिन्ती सम्पन्न भएको छ । मतगणना ३५ टिममा भईरहेको हुनाले मंगलबार साँझसम्म नै आउने सम्भावना पनि छ ।
लोकसभा निर्वाचन–२०१९ मा २२३ विधानसभा सीटमा एनडीए अगाडि
२०१९ मा भएको लोकसभा निर्वाचनमा विधानसभाको २२३ सीटमा एनडीए अगाडि थियो । जहाँ लोकसभा निर्वाचनको लागि भएको ४० सीटमध्ये एनडीएले ३९ जितेको थियो । जहाँ सिर्फ १ सिटमा मात्रै कांग्रेस उम्मेदवारले जित्न सकेका थिए ।
मुख्यमन्त्रीका दाबेदारमा छन् नीतीश र तेजस्वी
नीतीश कुमार यादव पछिल्लो १५ वर्षदेखि सत्तामा छन् । उनले उनी सन् २०१० मा भएको निर्वाचनमा एनडीएको तर्फबाट उम्मेदवार बनेका थिए भने २०१५ मा भएको चुनावमा महागठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।
यसपटक उनी फेरि एनडीएको तर्फबाट अगाडि आएका छन् । जुन गठबन्धन पछिल्लो चुनावी नतिजासम्म बहुमत सीटमा अगाडि छ ।
यता तेजस्वी यादवको महागठबन्धन पनि निकै आक्रामक नतिजासहित अगाडि देखिएको छ । महागठबन्धनले पछिल्लो मतपरिणाम आउँदासम्म एक सय ६ सिटमा अगाडि छ । मंगलबार बिहानसम्मको नतिजामा तेजस्वीको महागठबन्धन अगाडि थियो ।
बिहान ९ बजेसम्मको नतिजामा १२० सिटमा तेजस्वको गठबन्धन अगाडि थियो । बिहान १० बजेदेखि भने एनडीएले अग्रता लिईरहेको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १४:४३ मा प्रकाशित






























