२५ कात्तिक, काठमाडौं । बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त मोबाइल फेला पारी सोमबार दिउँसो बरामद गरेको हो ।
बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १३:४४ मा प्रकाशित






























