२५ कार्तिक, काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अष्ट्रेलिया विरुद्धको दोस्रो, तेस्रो र चौथो टेस्ट नखेल्ने भएका छन ।
विराट कोहलीकी श्रीमती अनुष्का शर्मा गर्भवती रहेकी छिन । विराट कोहली आफ्नो पहिलो सन्तानको जन्मको समयमा अनुष्कासँग रहन चाहेकाले बिसीसीआई उनलाई अष्ट्रेलिया विरुद्धको पहिलो टेस्ट पछि भारत फकर्ने अनुमति दिएको हो ।
भारतले नोभम्बर २१ देखि अष्ट्रेलिया विरुद्ध ३ खेलको एकदिवसीय श्रृखला, ३ खेलको टि-२० श्रृखला र ४ खेलको टेस्ट श्रृखला खेल्ने छ । कप्तान विराट कोहली अष्ट्रेलिया विरुद्धको एकदिवसीय श्रृखला र टि-२० श्रृखलामा भने उपलब्ध रहने छन । उनले टेस्ट श्रृखलाको पनि पहिलो खेल खेलेर मात्र भारत फर्कने छन ।
कप्तान विराट कोहलीको स्थानमा भारतीय क्रिकेट र्बोडले रोहित शर्मालाई टेस्ट टिममा समावेश गरको छ । चोटको कारण देखाउदैँ बिसीसीआईले रोहितलाई एकदिवसीय र टि-२० टिममा रोखेको छैन ।
त्यसैगरी पहिलो पटक भारतीय क्रिकेट टिममा छनोट भएको स्पिनर वरुण चक्रवर्ती पनि चोटका कारण टिमबाट बाहिरिएका छन । उनको स्थानमा बिसीसीआई आईपिएलमा सनराइजर्स हैदरावादका लागि उत्कृष्ट प्रदर्शन गरेको फास्ट बलर टि नटराजनलाई टिममा समावेश गरेको छ ।
त्यसैगरी एकदिवसीय टिममा छनोट भएका विकेट-किपर रिद्धीमान शाह पनि चोटका कारण टिममाबाट बाहिरिएका छन । उनको स्थानमा संजु श्यामसनलाई एकदिवसीय टिममा भित्राइएको छ । संजु श्यामलाई बिसीसीआई पहिले टि-२० टिममा मात्र समावशे गरेको थियो ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १६:०९ मा प्रकाशित



























