back
CTIZAN AD

एनआरएनएद्वारा विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

699 

shares

२५ कार्तिक, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ ।

संघले गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसी र मन्त्री ज्ञवालीबीच सोमवार सिहंदरवारमा भएको भेटमा उक्त माग गरिएको हो ।

भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य बिभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो ।

कोभिड १९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसंग अनुरोध गरिएको थियो ।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरेका थिए ।

यस्तैमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिका प्रति खुसी व्यक्त गरे । मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाए।

भेटमा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानाको समेत उपस्थिती थियो ।

(चिरन शर्मा)

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १६:१४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...