२६ कार्तिक, काठमाडौँ । इन्डियन्स प्रिमियर लिग (आईपिएल) २०२० को फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिट्ल्सलाई ५ विकेटले पराजित गदैँ पाँचौ पटक उपाधि आफ्नो नाममा गरेको छ ।
टस जतेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि ब्याटिङ्गमा कप्तान श्रेयर अय्यरले ६५ र रिषभ पंतले ५६ रनको पारी खेलेका थिए । मुम्बईका लागि बलिङ्गमा भने टे«न्ट बोल्टले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए ।
दिल्लीले दिएको १५८ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ बलमा ६८ रनका पारी खेलेका थिए भने इशान किशनले १९ बलमा ३३ रनको विस्फोटक पारी ब्याटिङ्ग गदैँ टिमलाई जित दिलाएका थिए ।
जितसँगै मुम्बई इन्डियन्सले पाँचौ पटक आईपिएलका उपाधि आफ्नो नाममा गरेको छ ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार ०९:४२ मा प्रकाशित


























