back
CTIZAN AD

रहेनन् शिक्षाविद् माधव

वि.सं.२०७७ कात्तिक २६ बुधवार

1K 

shares

२६ कार्तिक, काठमाडौँ । नेपालको शैक्षिक जगतमा लामो योगदान पुयाएका शिक्षाविद् माधव मरहट्ठाको निधन भएको छ ।

पछिल्लो समय नशा सम्बन्धि रोगको उपचार गराउदै आएका मरहटटाको स्टार अस्पताल सानेपामा निधन भएको हो ।
लामो समय गोरखाका बिभिन्न बिध्यालयमा रहेर अध्यापन गरेका माधवले प्रधानाध्यापकको रुपमा उदाहरणीय कार्य सम्पादन गरेका थिए ।

नेपाल राष्टिय शिक्षक संगठनको महत्वपुर्ण र केन्द्रिय कार्यकारी जिम्मेवारीसंगै उनी गोर्खाबाट काठमाण्डौ सरुवा भएका थिए । काठमाण्डौको सामाखुशिमा फ्लोरोसेन्ट स्कुलको स्थापना गरी लगातार शिक्षा क्षेत्रमा सक्रिय भएका उनले जनयुद्ध र शान्तिप्रक्रियामा समेत बिभिन्न भुमिकाहरु निर्वाह गरेका थिए ।

उनको निधनपछि सामाजिक संजालमा श्रद्धान्जली भरिएको छ । माओबादी बुद्धिजीवीको रुपमा स्थापित उनले तत्कालिन एमालेबाट प्रस्ताव गरिएका राजनैतिक नियुक्ति लिन समेत अस्विकार गरेको गरेको कुरा सार्वजनिक भएको थियो ।

मरहट्ठा तत्कालीन चौथो महाधिवेशन, मशाल, एकता केन्द्र र माओवादी हुदै बिभिन्न जिम्मेवारी पुरा गर्दै आएका थिए । प्रचण्ड र बाबुराम सत्तामा आएपछि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन भने नेकपा बनेपछि पनि उनले ठोस राजनैतिक जिम्मेवारी पाएका थिएनन ।

नेकपा नेता बिष्णुपुकार श्रेष्ठ, डा चन्द्रकान्त पौडेल, कृष्ण केसी, नीलकण्ठ तिवारी र भरत शर्मा लगायत मरहठठा संगै राजनैतिक काम र लामो सहकार्य गरेका निकट मित्रहरु उनको निधनबाट मर्माहित भएको बताएका छन् ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १०:०६ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...