back
CTIZAN AD

वामदेव गौतमको नियुक्तीविरुद्वको रिटमाथि सुनुवाई हुँदै, के निकास आउला ?

वि.सं.२०७७ कात्तिक २६ बुधवार

753 

shares

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्व सर्वौच्च अदालतमा परेको रिटमाथि सुनुवाई हुने भएको छ । महिनादिन अघिदेखि हेर्दाहेर्दै सारिएको गौतमविरुद्वको मुद्दामा बुधबार पेशी तोकिएको हो ।

असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दा सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो। उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो।

बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम अयोग्य रहेको दाबी गर्दै मनोनय बदर गर्न र उनलाई मन्त्ती नबनाउन माग गर्दै रिट दायर गरेका थिए ।

गौतमविरुद्वको मुद्दामाथिको सुनुवाई प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेरिरहेको छ । इजलासमा राणाका अतिरिक्त न्याधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १२:५४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...