back
CTIZAN AD

आयात हुने सामग्रीको परिमाण बढेसंँगै रु एक अर्ब राजश्व संकलन

वि.सं.२०७७ कात्तिक २६ बुधवार

648 

shares

२६ कात्तिक, रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ ।

कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

आयातिन सामानको परिमाण बढेसँंगै चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करिब रु एक अर्ब राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत छन् ।

चिनियाँ व्यवसायीले दैनिक पाँच ठूलो टे«लरमार्फत मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको जनाइएको छ । दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लाद्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ । सामान लाद्नका लागि ३३ मजदूर एवं कन्टेनर सञ्चालन गर्न १७ चालकको व्यवस्था मिलाइएको छ ।

केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्को भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको गुनासो बढेको छ । रसुवागढी नाका पुनःसञ्चालनमा आएसंँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरूङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समयमा भारी मात्राले वृद्धि गरेको हुँदा पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित निकायसमक्ष आग्रह गरिएको स्थानीयवासी सुनामवाङ्दी तामाङले बताए। रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:३५ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...