२६ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८२ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीमा १४५, स्याङजामा ३, लमजुङमा १, बागलुङमा २०, तनहुँमा ७, नवलपरासीपूर्वमा ३ र पर्वतमा ३ जना गरी जम्मा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १८२ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ९,७०३ पुगेको छ ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:३५ मा प्रकाशित






























