back
CTIZAN AD

बिहार विधानसभा चुनाव : तेजस्वीको पार्टीलाई भोट तर, सरकार नीतीश कुमारको

वि.सं.२०७७ कात्तिक २६ बुधवार

786 

shares

काठमाडौं । २४३ सीटको लागि भएको बिहार विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएको छ । निर्वाचनको मतपरिणाममा एनडीएले गठबन्धनले बहुमत प्राप्त गरेको छ । हालका मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको एनडीए गठबन्धनले बहुमत सीटमा नतिजा ल्याएको छ ।

निर्वाचन परिणाममा नीतीश कुमार नेतृत्वको एनडीए गठबन्धनले १२५ सीटमा जित हाँसिल गरेको छ भने तेजस्ब यादव नेतृत्वको महागठबन्धनले ११० सीटमा जित हाँसिल गरेको छ ।

मुख्यमन्त्री नीतीशको पार्टी भने निकै कमजोर

निर्वाचनको परिणामअनुसार मुख्यमन्त्री नीतीश कुमार यादवको पार्टीलाई भने निकै कम मत आएको छ । नतिजाअनुसार अघिल्लो निर्वाचनको तुलनामा नीतिशको पार्टी जदयूलाई २८ सीट कम अर्थात् ४३ सीट मात्रै प्राप्त भएको छ ।

निर्वाचनमा केन्द्रीय पार्टी भारतीय जनता पार्टी (भाजपा)ले भने अपेक्षाभन्दा राम्रो नतिजा ल्याएको छ । नतिजामा भाजपाले ७४ सीट हाँसिल गरेको छ ।

एनडीए गठबन्धनमा भाजपा सबैभन्दा ठूलो पार्टीको रुपमा उदाएको छ ।

तेजस्बको पार्टी बन्यो ठूलो

निर्वाचनको नतिजामा तेजस्ब यादव नेतृत्वको महागठबन्धनले ११० सीटमा जित हाँसिल गरेको छ । जसमा तेजस्ब यादवको पार्टी राजद एकलैले ७५ सिट हाँसिल गर्दै बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ । तर, राजदले यसअघिको निर्वाचनमा भन्दा ५ सीट कम ल्याएको छ ।

महागठबन्धनमा कांग्रेस, भाकपा (माले), भाकपा र माकपा छन् । जसमध्ये अहिलेको निर्वाचनमा भाकपा मालेले राम्रो प्रदर्शन गरेको छ । केन्द्रीय पार्टीको रुपमा रहेको कांग्रेसले भने नराम्रो नतिजा ल्याएको छ । कांग्रेसले यसअघि ल्याएको नतिजाभन्दा कम जम्मा १९ सिट ल्याएको छ ।

भाजपाको आर्शिवादमा नीतीश सरकार बनाउने

बिहारमा सरकार भने नीतीश कुमार यादवको नेतृत्वमै बन्ने भएको छ । एनडीए गठबन्धनको मुख्य पार्टी बनेको भाजपाले यादवलाई नै सहयोग गर्ने घोषणा गरेको छ । भाजपाले बिहारी जनताले विकासकै निरन्तरता खोजेको बताएको छ ।

भाजपाले सहमतीलाई उल्लंघन पनि नगरिने जनाउ गरेको छ । केन्द्रीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नितिशलाई साथ दिने उद्घोष गरिसकेका छन् ।

बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने

सम्बन्धित समाचार

बिहार विधानसभा चुनाव : एनडीए र महागठबन्धबीच कडा प्रतिस्पर्धा, एनडीए बहुमत सीटमा अगाडि

वि.सं.२०७७ कात्तिक २६ बुधवार १४:०० मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...