२६ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
ग्लोबल आईएमइ बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा बैंक सदा अग्रसर रहेको जनकारी गराए ।
यसैगरि, टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:५६ मा प्रकाशित






























