२६ कार्तिक, काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष कमरेड माधव मरहठ्ठाको निधनमा दुख व्यक्त गरेका छन् ।
शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले मरहठ्ठाको असायमिक निधनले दुखित तुल्याएको जनाएका छन् ।
नेकपाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी शोक वक्तव्य यस्तो छः
‘हाम्रो पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष कमरेड माधव मरहठ्ठाको आज बिहान स्टार अस्पताल, ललितपुरमा भएको असामयिक निधनले मलाई दुखित् तुल्याएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध, र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड मरहठ्ठाको नेपालको राजनैतिक परिवर्तनमा ठूलो योगदान रहेको छ ।
विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी कमरेड मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय छ ।
दिवगत कमरेड मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
२६ कार्तिक, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:५२ मा प्रकाशित






























