back
CTIZAN AD

जुवाको खालबाट नगद सहित आठ जुवाडे पक्राउ

वि.सं.२०७७ कात्तिक २६ बुधवार

699 

shares

२६ कार्तिक, काठाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार बिहान करिब १ः३० बजे उक्त रकम र तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा जिल्लाको देवचुली–११ का लीलबहादुर राना, कावासोती–१५ का युवराज महतो, मीनबहादुर थारू, रुमेश महतो, कावासोती–१७ का मधु मगर र डिल्लीराज भण्डारी, कावासोती–८ का जितेन्द्र शाह, बुलिङटार–४ का छालबहादुर मुम्मी रहेको तामाङले जानकारी दिए ।

पक्राउ परेका आठै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:४५ मा प्रकाशित

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...