back
CTIZAN AD

ताप्लेजुङमा फुसरहित घर निर्माण शुरु, ३० परिवारका घरको छाना फेरियो

वि.सं.२०७७ कात्तिक २६ बुधवार

1.2K 

shares

२६ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङमा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसरहित घर निर्माणका लागि छनोटमा परेका परिवारको घरमा जास्तापाताको छाना लगाउन थालिएको हो ।

शहरी विकास तथा निर्माणअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना झापाले ताप्लेजुङका खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई सुरक्षित छानोमुनी ल्याउन लागेको हो । कार्यक्रमअन्तर्गत जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ४ साँघुको ओदकमा आयोजनाले लाभग्राही अर्थात् विपन्न ३० परिवारको घरको फुसको छाना हटाई जस्तापाताले छाइदिएको छ ।

शेर्पा समुदायको मात्र बसोबास रहेको ओदकका विपन्न ३० परिवारको घरमा जास्तापाताले छाना छाउने काम सम्पन्न भएसँगै मङ्गलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरे । सो अवसरमा उनले फुस र चित्राको छाना विस्थापनले नागरिकलाई ठूलो राहत पुगेको बताए । घरको छाना जस्तापाताले छाएपछि विपन्नले वर्षात्को समयमा चुहिने घरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

मैवाखोला गाउँपालिकाको छ वटै वडाका १७४ घरमा जस्तापाताले छाउने योजना स्वीकृत भएको छ । उक्त सङ्ख्यामध्ये हाल ३० परिवारको घरमा जस्तापाता छाइसकिएको हो भने बाँकी परिवारको घरमा क्रमशः जस्तापाताले छाना छाउने प्रक्रिया रहेको गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङले बताए। भवन निर्माण आयोजनाबाट प्रतिपरिवार रु ५० हजारका दरले बजेट निकासा भई विपन्नको घरमा जस्तापाताले छाउने कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा विपन्न एक हजार ८१४ परिवारको घरमा फुसको छाना हटाएर जस्तापाताले छाइने भएको छ । मैवाखोलाबाहेक फुङ्लिङ नगरपालिकामा १९० परिवार, फक्ताङ्लुङ गाउँपालिकामा २४५, सिरिजङ्घामा १६७, सिदिङ्वामा २९०, पाथीभरा याङ्वरकमा २००, मेरिङ्देनमा १८८, आठराई त्रिवेणीमा २१३ र मिक्वाखोला गाउँपालिकामा १४७ परिवारको घरमा जस्तापाताले छाइने भएको छ । रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार १४:३१ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...