काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई र राप्रपाका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । सामाजिक सञ्जालमा भट्टराईले थापालाई झुटको प्रचार गरेको भन्ने आरोप लगाएपछि दुई नेताबीच दोहोरी चलेको हो ।
भट्टराईले एक पत्रिकामा प्रकाशित थापाको लेखप्रति प्रश्न उठाउँदै क्रान्तिका अगुवा प्रचण्ड–बाबुरामहरु जिउँदो छँदै यस्तो झुट बोल्ने ? भन्दै प्रश्न गरेका थिए । भट्टराईले थापालाई ग्वेबल्स शैलीको दुष्प्रचार–सुत्रको प्रयोग नगर्न सुझाएका थिए ।
थापाले भने भट्टराईको भनाई हांस्यास्पद भएको टिप्पणी गरेका छन् । उनले तत्कालिन माओवादी युद्वको नेतृत्वकर्ता तपाईँ होर ? भनि भट्टराईलाई प्रश्नसमेत तेर्साएका छन् ।
उनले आफ्नो लेखप्रति बाबुरामले गरेको टिप्पणी गलत ‘बालहठ’ शैलीसमेत भएको बताएका छन् ।
बुधबार एक दैनिक पत्रिकामा राप्रपा अध्यक्ष थापाले राजसंस्था पुनः फर्काउनुपर्ने तर्कसहित विचार प्रकाशित गराएका थिए । जसमा उनले राजसंस्थाको अन्त्य गर्न तत्कालिन माओवादी र संसदवादी दलबीच बाह्य शक्तिको सहयोगमा समझदारी बनेको र बाह्य शक्तिकै सहयोगमा राजसंस्था हटेको बताएका छन् ।
जुन लेखमा तत्कालिन माओवादीबारे उनले केहि विवादास्पद टिप्पणीसमेत गरेका छन् । जसबारे बाबुरामले प्रश्न उठाएका हुन् ।
फेरी हसाउनु भयो सहपाठी मित्र @brb1954 ले।कति हास्नु हौ!
क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो।त्यसमा कुनै विरोध छैन।तर,त्यो भारीको मालिक तपाईहरू होईन,शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए।तर,जव सक्क्ली मालिकले भारिको दावि गरेपछि
त्यसमा तपाईले बालहठ नदेखाएकै बेश https://t.co/A7IjH7MbfS— Kamal Thapa (@KTnepal) November 11, 2020
वि.सं.२०७७ कात्तिक २६ बुधवार १६:०६ मा प्रकाशित






























