back
CTIZAN AD

निर्जीवन बीमा तथा उत्पादन मूलक समुह चम्किदा नेप्से नयाँ रेकर्डतर्फ उन्मुख

वि.सं.२०७७ कात्तिक २६ बुधवार

876 

shares

काठमाडौं । साताको तेस्रो दिन मंगलवार पनि सेयर कारोवार नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिनझैँ आजपनि निर्जीवन बीमा समुह चम्किदा नेप्से नयाँ रेकर्ड तर्फ उक्लिएको छ । उसलाई पछ्याउँदै उत्पादन मूलक समूहपनि उच्च अंकले बढेको छ ।

आज नेप्से परिसूचक २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा पुगेको छ । यो पछिल्ला तीन वर्ष यताकै उच्च हो । त्यस्तै ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ पनि ५.२३ अंकले बढेर ३३५.६२ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज वित्त कम्पनी समुह बाहेक सबै ११ वटै कम्पनी उपसूचक समुहको परिसूचक उकालो लागेको छ ।

आज कूल सूचिकृत मध्ये १९५ कम्पनीको ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ रुपैयाँ वरावरको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ३६ हजार ८९३ पटक लेनदेन भएको छ ।

आजको कारोवारमा साल्ट ट्रेडिङ कर्पोरेसनले सबैभन्दा वढि कमाएको छ । उसले मात्र ४९५ अंकले कमाउदै १० प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अग्राधिकार सेयर(११२०), नागरिक लगानि कोष(४१०ं , विशाल बजार कम्पनी(२२७) लगाएतका कम्पनीका लगानिकर्ताले कमाउँदा आईसिएफसि फाईनान्स(१५), निर्धन उत्थान लघुवित्त(२७),एनआरएन लघुवित्त(२२) लगायतका कम्पनीका लगातिकत्ताले गुमाएका छन् ।

आजको बजारमा कारोवार रकमको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा रह्यो । आज उस्को मात्र २५ करोड ९० लाख २८ हजार ९३० रुपैयाँ वरावरको २ लाख ९५ हजार ३६४ कित्ता सेयर किनबेच भयो । कोरोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य ९०७ रहेको थियो । त्यस्तै हिमालयन डिस्टिलरी, एनआईसि एसिया बैंक क्रमश दोश्रो र तेस्रो स्थाानमा रहे ।

कारोवार संख्याको आधारमा सानिमा इक्विटी फण्ड शिर्ष संथानमा रह्यो । उसको ११ लाख ७१ हजार ७८० कित्ता सेयर किनबेच भयो । त्यस्तै सिद्धार्थ इक्विटी फण्ड, एनआईसि एसिया ग्रोथ फण्ड, ग्लोवल आईएमई समुन्नत स्कीम १ क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।

आज कुल सूचिकृत कम्पनी मध्य १०१ कम्पनीका लगानिकर्ताले कमाएका छनभने ५३ कम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १८ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन आएको छैन् ।

Market Summary
Total Turnover Rs: 4,099,604,742
Total Traded Shares 12,523,651
Total Transactions 36,893
Total Scrips Traded 195
Total Market Capitalization Rs. 2,288,269.53 Millions
Floated Market Capitalization Rs. 797,051.68 Millions

Market Information
Index Current Points Change %Change
NEPSE 1,707.67 28.89 1.72  
Sensitive 335.62 5.23 1.58
Float 117.36 1.54 1.33
Sen. Float 108.64 1.33 1.24  
Sub-Indices Current Points Change %Change
Banking 1,310.84 14.88 1.15  
Trading 1,649.75 149.83 9.99  
Hotels 1,915.77 47.35 2.53 
Development Bank 2,095.00 2.92 0.14  
HydroPower 1,451.50 4.39 0.3  
Finance 870.68 2.86 0.33  
Non Life Insurance 8,774.84 339.32 4.02  
Manu.& Pro. 3,424.55 200.21 6.21
Others 1,254.18 49.68 4.12  
Microfinance 2,709.92 7.14 0.26 
Life Insurance 10,258.26 7.03 0.07 
Mutual Fund 11.53 0.55 4.98  

 

वि.सं.२०७७ कात्तिक २६ बुधवार १६:१२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...