back
CTIZAN AD

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीनको मृत्यु, दुई घाइते

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

669 

shares

२७ कार्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।

बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्को ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।

उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उहाँका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार ०९:१६ मा प्रकाशित

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...