back
CTIZAN AD

इलामको कालपोखरीमा बिओपी स्थापना

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

528 

shares

२७ कात्तिक, पशुपतिनगर । इलामको नेपाल भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र कालपोखरी आसपासका क्षेत्रमा सीमा सुरक्षा दिनाका साथै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी र प्रदेशसभा सदस्य खिनुलङ्वा लिम्बूले संयुक्त रुपमा जिल्लाको तेस्रो बिओपी उद्घाटन गरे । कार्यक्रममा प्रदेशसभा सदस्य लिम्बूले सीमा क्षेत्रका जनताले विगतमा भोग्दै आएको सुरक्षा चुनौती अन्त्य भएको बताए ।

सप्रवउ गिरीले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशन दिए । उनले नेपाल सरकारले सीमा क्षेत्रमा बस्ने नागरिकको सुरक्षाका निम्ति हालसम्म १८३ स्थानमा बिओपी स्थापना भएको जानकारी दिँदै सरकारले लक्ष्य लिएको २२१ ठाउँमै केही समयभित्र बिओपी स्थापना हुने बताए ।

सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले स्थानीय बासिन्दाले मात्र नभई बिओपी स्थापनापछि पर्यटकले समेत सुरक्षित भएको महसुस गर्न पाउने बताए । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले अहिले सीमा क्षेत्रका बासिन्दा र बाह्य पयर्टकले पनि शान्ति र अमनचयनको महसुस गरेको बताए ।

भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीनतीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिए पनि नेपालतर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमि अतिक्रमण बढ्नाका साथै वन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो । कालपोखरी क्षेत्रका बासिन्दा र पर्यटक बारम्बार एसएसबीको हेपाइ सहन बाध्य थिए ।

रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रमा बिओपी छ । ती क्षेत्रमा रहने ६ बिओपीमध्ये सलकपुर, समालबुङ र छब्बीसेमा यसअघि नै स्थापना भएका छन् । मंसिर महिनाभित्रै जौवारीर मानेभञ्ज्याङमा समेत बिओपी उद्घाटन गरिने सशस्त्र प्रहरी उपरीक्षक सुधीरजंग थापाले बताए । रासस

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १६:०० मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...